सबै क्लबको निवदेन अस्वीकृत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालका पूरै १४ वटा ‘ए’ डिभिजन फुटबल क्लबको एसियाली फुटबल परिषद् (एएफसी) अन्तर्गत एएफसी क्लब लाइसेन्सको निवेदन अस्वीकृत भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को क्लब लाइसेन्स कमिटीले क्लबहरूको निवेदन अस्वीकार गरेको आइतबार जनायो।

एन्फाका सदस्य तथा प्रवक्ता किरण राईले क्लबहरूको लाइसेन्सिङको निवदेन एएफसीमा ढिलो आएकाले स्थगित मात्रै गरिएको भन्नुभयो।

उहाँले बताउनुभयो– ‘अर्को वर्ष सबै प्रक्रिया पूरा गरी एएफसीको क्लब लाइसेन्स प्रशासन पद्धतिमा निवेदन पठाउनेछौं।

तर, क्लबले एएफसीको नियमअनुसार क्लब सञ्चालन गर्नुपर्ने प्रक्रिया रहेको छ। गत वर्ष मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कप खेलेको थियो।

जसमा एएफसीले मापदण्डविपरीत भएको हुँदा एन्फालई १० हजार अमेरिकी डलर जरिवाना गरेको थियो। यदि मापदण्ड पूरा भएको छैन भने ती क्लबले भविष्यमा एएफसीअन्तर्गत प्रतियोगितामा सहभागिता जनाउन पाउँदैनन्।

नेपालका १४ ‘ए’ डिभिजन क्लबहरू मनाङ–मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, सरस्वती युथ क्लब, हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम (एनआरटी), च्यासल युथ क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब रहेका छन्।