एलए टेनिस आइतबारदेखि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको एलएका टेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन्।

यू–८, यू–९, यू–१०, यू–१२ र यू–१४ उमेरसमूहमा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ।

डबल्स्मा यू–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्सतर्फ खेल हुनेछ। आठदिने प्रतियोगिताका खेल हात्तीवनस्थित एलएकै कोर्टमा खेलाइनेछ।