४ वित्तीय संस्थालाई मर्जरको स्वीकृति


नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा वित्तीय संस्थालाई मर्जरको सहमति दिएको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले २ वटा वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको हो भने अन्य २ वटालाई सैद्दान्तिक सहमति दिएको हो।

राष्ट्र बैंकका एक सञ्चालक समितिका सदस्यका अनुसार, तिनाउ डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमन्ट बैंकलाई आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिइएको छ। त्यस्तै, राष्ट्र बैंकले मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्दान्तिक सहमति दिइएको छ।