समाजवादी पाटीले लगायो उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

समाजवादी पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य उम्मेदवार टुँगो लगाएको छ ।

पार्टीको आज बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउन पाटीले सिफारिस गरेको समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् ।

गुरुङ भूपू ब्रिटिश गोर्खा तथा इन्जिनियर हुन् । पार्टी प्रदेश कमिटीले रामबहादुर नेपाली, किरण थापा र गुरुङको नाम सिफारिस गरिएको छ ।

यस्तै, बाग्लुङ-२ (ख)मा अशोककुमार बिक र दाङ-३ (ख)मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको छ । भक्तपुर (ख) बाट भने सिफारिस नै नआएको बताईएको छ ।