चीनको खस्कँदो अर्थव्यवस्था विश्वका लागि खतरा

0
Shares

बेइजिङ, (एजेन्सी)।

अमेरिकासँगको व्यापार युद्ध र आन्तरिक बजारमा आएको मन्दीका कारण चीनको अर्थव्यवस्था वृद्धिदरमा यस वर्षको तेस्रो त्रैमासिकको अवधिमा अपेक्षा गरिएको भन्दा कमी आएको छ।
सरकारी आँकडाअनुसार तेस्रो त्रैमासिकमा चीनको कुल गार्हस्थ घरेलु उत्पादन अर्थात् जीडीपीको वृद्धिदर ६ प्रतिशतमा संकुचित भएको छ।

यो गिरावट अर्थव्यवस्था राम्रो बनाउने सरकारको प्रयासका बाबजुद आएको हो। यसमा कर कटौती जस्ता उपाय समावेश छ ।ताजा आँकडाले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थाले विगत तीन दशकको तुलनामा आफ्नो गति कायम राख्न नसकेको देखाएको छ। चीनको अर्थव्यवस्थामा आगामी समयमा आउने उतार चढावले विश्व अर्थव्यवस्थामा विशेष प्रभाव पार्छ।

हालैका दशकमा चीनको अर्थव्यवस्था बाँकी विश्वको अर्थव्यवस्थाका लागि इन्जिनको काम गरेको छ। त्यसैले पनि चीनको अर्थव्यवस्थामा आउने गिरावटका कारण विश्व अर्थव्यवस्थामा सीधा असर पर्न सक्ने र मन्दीको खतरा बढ्ने अर्थविद्ले बताएका छन्।

सन् १९९२ मा चीनको जीडीपी १४ प्रतिशतको आँकडा पुगेको र त्यसपछि विस्तारै तल झर्न थालेको थियो। तर सन् २००८ मा पुनः १४ प्रतिशतको गति लिएको र त्यसपछि भने चीनको अर्थतन्त्रमा लगातार गिरावट आइरहेको हो।

क्यापिटल इकोनोमिक्समा चीनको अर्थव्यवस्थाका विज्ञ जुलियन इवान्सले चीनको अर्थव्यवस्था दबाबमा रहेको र आगामी महिनामा अझ बढ्ने बताए। नीति निर्माताले यस मामिलामा थप कदम उठाउन आवश्यक भएको तर कुनै पनि उपायको असर देखिन समय लाग्ने उनले बताए।

गत वर्षदेखि अमेरिकासँग चीनको व्यापार युद्ध जारी छ जसले कारोबार र उपभोक्तामा एक प्रकारको अनिश्चित वातावरण निर्माण गरेको छ। अर्कोतर्फ चीनलाई घरेलु चुनौतीसँग लड्न परिरहेको छ। यसमा स्वाइन फिवर पनि पर्छ। महँगी बढेकोले उपभोक्ताहरूमा खर्च गर्ने क्षमतामा असर परेको छ।

अन्तर्राष्ट्रिय मुद्राकोषले यसैहप्ता चीनका लागि आफ्नो पूर्वानुमान प्रकाशित गरेको छ, जसमा सन् २०१९ मा चीनको अर्थव्यवस्था ६ दशमलव १ प्रतिशतदेखि ६ दशमलव २ प्रतिशतको बीचमा हुन सक्ने उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय मुद्राकोषले व्यापार युद्ध र घरेलु समस्या यसको प्रमुख कारण बताएको छ। एसिया विजनेस संवाददाता करिश्मा वासवानीले चीनको अर्थव्यवस्थाको असर यसभन्दा पनि गडबड हुन सक्ने अर्थशास्त्रीको विचार रहेको बताएका छन्।

चीनले पनि यो आँकडा चिन्ताजनक भएको संकेत दिएको छ। केही दिनअगाडि चीनका प्रधानमन्त्री ली केकियांगले स्थानीय अधिकारीलाई चेतावनी दिँदै यो वर्षको लक्ष्य पूरा गर्न उनीले सबै नै प्रयास गर्नुपर्ने बताएका थिए।

चीनको यो गिरावट खासै नयाँ कुरा पनि होइन, तर वर्तमान चुनौतीका कारण यो स्थितिलाई गम्भीर मानिएको हो। चीनको राजनीतिक स्थिरता पनि राम्रो अर्थव्यवस्थामा निर्भर हुने भएकाले यसको संवेदनशीलतालाई कम आकलन गर्नु गलत हुनेछ।