सरस्वती न्यौपाने,रसुवा।
तामाङ भेषभुषा र संस्कृतिको जगेर्ना गर्न रसुवाको धुन्चेमा जरायो नाच देखाईएको छ । चार दशक सम्म यो नाच नभएपछि आफ्नो कला संस्कृति लोप हुने भएपछि रसुवा संरक्षण तथा सांस्कृतिक समुहले विगत दुई वर्ष देखि मनाउदै आएको छ।
एउटा समुहमा २६ देखि २८ घरघुरि समावेश गरिन्छ । र यो नाच वन्यजन्तु समरक्षण का लागि लामा ले खेल्ने भुमिका को वारेमा केन्द्रित छ । यो नाच जिल्लाको ठुलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा समेत देखाइँदै आएको छ ।
ठुलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य स्थानमा फरक फरक महिनामा नाच देखाइने गरिएको छ । यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ । सिकारीहरू सिकार खेल्न जाँदा लुकेर बसेको जरायो भाग्छ । भागेर गएको जरायो लामाको शरणमा पुग्छ ।
सिकारीहरू लामा कहाँ पुगेर जरायो खोजिदिन आग्रह गर्छन । वन्यजन्तुको सिकार गर्न नहुने सन्देश लामाले दिएपछि सिकारीले सबै हतियार लामालाई बुझाउँछन् ।
लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउनका लागि यो नाच देखाइन्छ । ठुलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य स्थानमा फरक फरक महिनामा नाच देखाइने गरिएको छ ।
प्रतिक्रिया