सेलपेको स्टल एक्टिभेसन सेवा


भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले स्टल एक्टिभेसन शुरु गरेको छ। यो एक्टिभेसन कार्यक्रम सिभिल मलमा र लविम मलमा भइसकेको छ। यस एक्टिभेसनको उद्देश्य ग्राहकसँग अन्तत्र्रिmया बढाउन र सेलपे एपको बारे यसको प्रयोग र फाइदाको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको छ।

एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात सय रुपियाँको फ्रि टपअप ग्राहकलाई प्रदान गर्नेछ। सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो।

सेलपेमा बिना वालेट कारोबार गर्न सकिने, बास्तविक समयमा भुक्तानी २४सै घण्टा उपलव्ध हुनेलगायतका सुविधा रहेका छन्। सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, आदि वास्तविक समयमा गर्न सकिन्छ।