दुर्घटनामा २४ घाइते

0
Shares

धादिङ, (नेस)।

धादिङ जिल्ला गजुरी गाउँपालिका–२ मलेखु भण्डारा सडक खण्डस्थित तुनी खोलामा ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २४ जना घाइते भएका छन्।कच्ची सडकबाट करिब २५ मिटर तल खोलामा खसेर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्धारपछि घाइतेहरूलाई राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये गजुरी अस्पताल प्रालिमा ८ जना, राजमार्ग सामुदायिक अस्पताल मलेखुमा ४ जना, मजुवा मेडिकलमा ३ जनाको उपचार भइरहेको छ। ९ जना गम्भीर घाइतेको थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ।