कांग्रेसका उम्मेदवार छनोट

0
Shares

विनोद सिंह विष्ट, बैतडी।

अगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले बुधबार बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ।दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको कांग्रेस वडाकार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिनुभयो।

वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतमा सम्पन्न भएको बैठकका प्रमुख अतिथि वडा कार्य समितिका सभापति कृष्णानन्द भट्ट रहुनुभएको थियो। पिपलकोटमा सम्पन्न बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउने निर्णयसमेत गरेको छ।

बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा अगामी मंसिर १४ मा उपनिर्वाचन हँुदै छ।नेकपाले यसअघि नै उपनिर्वाचन हुने सबै वडामा आफ्ना उम्मेदवार टुंगो लगाइसकेको छ। कांग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ। यसका साथै उम्मेदवार छनोटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेका छन्।