जिप दुर्घटनामा दुईको मृत्यु चार घाइते

0
Shares

अनिल खत्री, गुल्मी।

गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका ९ ददल्कामा लु१च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताउनुभयो।

बुधबार साँझ जिप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी निधन हुनमा मुसिकोट नगरपालिका–९ अर्लाकोटका रामप्रसाद खरेल र रेसुंगा नगरपालिका–३ मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते हुनेमा मुसिकोट नगरपालिका– ७ वामीका भानुभक्त पौडेल, सोनिया विक, विष्णु विक र चालक ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो। घाइते सबैलाई उपचारको लागि बाग्लुङको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। जिपमा चलकसहित ६ जना सवार थिए।