प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

0
Shares

कपिलवस्तु, (नेस)।

कृष्णनगर नगरपालिका–१ स्थित बढया पोखरीमा लक्ष्मीका मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच विवाद भई झडप हुँदा कृष्णनगर नगरपालिका–२ स्थित गोलघरमा चिया पसल गरी बस्ने भारत घर भएका सुरज पाण्डेको बिहीबार मृत्यु भएको छ।

कृष्णनगर नगरपालिका वडा नम्बर १,२ र ३ का विभिन्न स्थानमा रहेका १३ वटा लक्ष्मीका मूर्तीउक्त पोखरीमा विसर्जन गर्न विगत वर्षमा झैं लैजाने क्रममा बुधबार दिउँसो रुट प्रयोग गर्न नदिएको विषयलाई लिएर कृष्ण नगरपालिका–२ स्थित बसपार्क चोकमा बिहीबार प्रदर्शनकारीले ट्राफिक प्रहरी बिट तोडफोड तथा आगजनी गरेपछि उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको थियो।

सो क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलतर्फ गरी ६ जना सुरक्षाकर्मी घाइते भएको र प्रहरीले सम्झाइ बुझाइ गर्दासमेत अवस्था असामान्य भएपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा हबाइ फायर हुँदा प्रदर्शनकारीतर्फका पाण्डेको मृत्यु भएको हो। घाइते सुरक्षाकर्मीलाई उपचारको लागि शिवराज अस्पताल बहादुरगन्ज पठाइएको र अवस्था सामान्य रहेको छ।