कांग्रेस बैठक आज

0
Shares

काठमाडौं, (नेस)।

हिजो बिहीबार डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक तयारी अपुगले आज शुक्रबार बस्ने भएको छ। विभाग गठन र उपनिर्वाचनसम्बन्धी दुई एजेन्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागिएको हो।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंका अनुसार हिजो बिहानै बैठक स्थगित भएको भन्दै केन्द्रीय सदस्यलाई टेलिफोनबाट जानकारी गराइएको थियो। कांग्रेसको विभाग गठनमा १३औं महाधिवेशनबाट पारित विधानअनुसार विभाग गठन गर्ने कि अहिले संशोधन गरिएको नयाँ विधानअनुसार विभाग गर्ने भन्ने विवाद छ।

कांग्रेसको पुरानो विधानमा ४२ विभाग गठन गरिने उल्लेख छ भने नयाँ विधानमा २८ विभाग गठन गरिने उल्लेख भएको हुमागाईंले बताउनुभएको छ। १३औं महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग सभापति शेरबहादुर देउवाको ढिलासुस्तीका कारण १४औं महाधिवेशनको संघारमा समेत गठन हुन सकेको छैन।