दुर्घटनामा तीनको मृत्यु

0
Shares

काठमाडांै, (नेस)।

सिन्धुपाल्चोकबाट काठमाडांैतर्फ आउँदै गरेको एउटा यात्रुबहाक बस साँखुनजिक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन्। बा५ख ५०७० नम्वरको बस दुर्घटना हुँदा कान्छिमाया तामाङ, मिठु विक र एक जनाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

३५ सिट क्षमताको बसमा ६४ जना भन्दा बढी यात्रु हालेर काठमाडौंतर्फ आउँदै गरेको उक्त बसलाई जर्सिङपौवा प्रहरीले रोकेर छतका सबै यात्रुलाई ओरालेर पठाएको भएपनि चालकले प्रहरीको आँखा छलेर पुन यात्रु हालेर राजधानीतर्फ आएको थियो।

बसले यात्रुको भार थाम्न नसकेपछि बस पल्टिएको थियो। घाइते भएका यात्रुलाई उदार गरेर साँखु प्रहरीले राजधानीका विभिन्न अस्पतालमा घाइतेलाई उपचारको लागि पठाएको साँखु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।