प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान


नेपाल समाचारपत्र, पर्वत ।

लामो समयदेखि भाडाको घरमा बस्दै आएको प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि यहाँका एक स्थानीयले निशुल्क जग्गा उपलव्ध गराएका छन् ।

पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भँगरामा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय मानबहादुर क्षेत्रीले तीन रोपनी जग्गा निशुल्क रुपमा उपलव्ध गराउनुभएको हो । साविक भँगरा गाविस वडा नं. ४ मा रहेको तीन रोपनी जग्गा प्रहरी चौकीको भवनका लागि निुशल्क रुपमा उपलव्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरी चौकी निर्माण गर्न सार्वजनिक जग्गा समेत नभएकाले अहिलेसम्म भाडाको घरमा संचालन हुँदै आएको थियो । समाजमा शान्ति सुरक्षाको प्रत्याभुतिको लागी प्रहरीको भुमिका अहम रहने र प्रहरी बिना समाजको कल्पना समेत गर्न नसकिने भन्दै क्षेत्रीले पाँच लाख रुपैया मुल्य बराबरको जग्गा उपलव्ध गराएको बताउनुभयो ।

उक्त जग्गा सोमवार जग्गा धनि क्षेत्रीले जिल्ला मालपोत कार्यालयवाट प्रहरी चौकीको नाममा पास गरिदिनुभएको हो । जग्गाको लालपुर्जा जिल्ला प्रहरी कर्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई हस्तान्तरण गर्नु भएको छ ।

प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सरकारले बजेट बिनीयोजन गरेपनि जग्गा अभावले भवन बनाउन नपाएको बताउँदै अब तत्काल भवन निर्माणका लागि काम शुरु गर्ने बताउनुभयो ।