सिमा तिर सशस्त्रको पट्रोल गस्ती


किरन धामी, दार्चुला ।
दार्चुलाको उत्तरी सिमानाका तर्फ सशस्त्र प्रहरीको पट्रोल गस्ती खटिएको छ । तिहारको समयमा सिमानाकामा हुनसक्ने सम्भावित अपराधिक गतिविधिलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाबाट असई शंकरदत्त पन्तको नेतृत्वमा टोली त्यसतर्फ खटिगएको गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खलंगाबाट आज विहान हिडेको सशस्त्र प्रहरीको पट्रोल गस्ती दुहुँ गाउँपालिकाको हिकिला पुगेको उहाले जानकारी दिनुभयो ।

सशस्त्रको लंग रेञ्ज पट्रोल (एलआरपी) गस्तीले तिहारको समयमा सिमानाका बाट नेपाल भित्रिने अवैध माल समान तथा अवैध ओसार पसारलाई नियन्त्रण गर्ने जनाइएको छ । सिमाका नागरिकको शान्ति सुरक्षाको अवस्थाका साथै उनिहरुले भोग्नु परेको समस्याका बारे समेत सशस्त्र प्रहरीले अनुगमन अध्ययन गर्ने गुल्मपती विष्टले बताउनुभयो ।

पट्रोल गस्ती ब्याँस गाउँपालिका सम्म पुगेर खलंगा फर्किने उहाले बताउनुभयो । यसअघि गुल्मबाट असोज ३० गते देखी कार्तिक २ गते सम्म जिल्लाको लेकम गाउँपालिकाको लाली सिमानाका सम्म सई नारायण बहादुर कार्कीको नेतृत्वमा पट्रोल गस्ती गरिएको गुल्मपती डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।