नाकामा संयुक्त गस्ती

0
Shares

बाँके, (नेस)।भारतको उत्तर प्रदेशमा हुन थालेको उपनिर्वाचनलाई मध्यनजर गरेर आइतबार दशगजामा संयुक्त गस्ती गरिएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीहरुले जमुनाहा गेटदेखि ३० नम्बर पिलरसम्म संयुक्त गस्ती गरेका हुन्। बहराइचमा सोमबार उपनिर्वाचन हुँदैछ।

गस्तीमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जगतबहादुर रावल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक माधव रिजाल, भारतीय प्रहरी इन्स्पेक्टर मनिष पाण्डे र एसएसबीका रुपैडिहा इन्चार्ज रमेशकुमार सहभागी थिए।

भारतमा हुन थालेको उपनिर्वाचनलाई मध्यनजर गरेर नेपालगञ्ज नाका सील गरिएको छ। सोमबार साँझसम्म नाका सील हुनेछ। नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले एक अर्को देशमा चुनाव हुँदा नाका सील गरेर एक अर्कालाई सहयोग गर्दै आएका छन्।