प्राडा केसीको अर्को आपत्ति

0
Shares

काठमाडौं, (नेस)।चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व प्राडा गोविन्द केसीले पूर्णता नै नपाउँदै चिकित्सा शिक्षा आयोगले नर्सिङ कलेजहरूको सम्बन्धनसम्बन्धी निर्णय गरेकोमा आपत्ति जनाउनुभएको छ।

आइतबार जारी प्रेस विज्ञप्तिमा उहाँले आयोगले नर्सिङ कलेजहरूको सम्बन्धनसम्बन्धी निर्णय गर्न छाडेर सीटीईभीटीलाई सुम्पिनुले सुधार र नियमनकै मर्ममा प्रहार भएको उल्लेख गर्नुभएको छ।‘चिकित्सा शिक्षामा सबैभन्दा भद्रगोल अवस्थामा रहेको नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक बफादारी छर्लंग पार्छ।’ –प्राडा केसीको आरोप छ।

प्राडा केसीले एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क बढाउने आयोगको निर्णयप्रति आपत्ति जनाउँदै आफूले दिएको अल्टिमेटभित्र माग पूरा नभए यही कात्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरू गर्ने कुरा पुनः दोहोर्याउनुभएको छ।