सांसद गुरुङलाई तारेखमा छाड्न आदेश

0
Shares

काठमाडौं, (नेस)।काठमाडौं जिल्ला अदालतले सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आइतबार आदेश दिएको छ।जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले उहाँलाई साधारण तारेखमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो।ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतले हाजिर हुन भनेपछि दोलखाका सांसद गुरुङ आइतबार अदालत हाजिर भएकाले थुनछेक बहस शुरू भएको थियो।

सांसद गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो।२०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो। त्यसलगत्तै खड्काले काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिनुभएको थियो।

सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो। ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको कारण देखाई सांसद गुरुङसहित ७ जनाविरुद्ध २९ वैशाख ०७६ गते काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो।