चीनबाट १७ करोड ओखर आयात

0
Shares

रसुवा, (नेस)।नेपालमा ओखर उत्पादनमा कमी आएपछि चीनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको छ।
भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार रसुवागढी नाका हुँदै चीनको केरुङबाट चिनियाँ ओखर २०७४ साउनदेखि २०७६ असोज मसान्तसम्म ७ लाख ५० हजार ८ सय ६८ केजी ओखरको यति रकम उठेको हो।

उहाँका अनुसार आयात भएको ओखरमध्ये ७२ दशमलव ५२ प्रतिशत अर्थात् ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ भने २ लाख ६ हजार ३ सय ३२ केजी ओखर नछोडाएको आयात भएको हो।