सवारी दुर्घटनामा एकको मृत्यु

0
Shares

 

सुभेन्द्र दास,लहान ।

राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा मोटर साइकल र ट्याक्टर एकआपसमा ठोकिदा एक युवकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आईरहेको प्र.२–०२–००१ त. ४४६ नम्वरको ट्याक्टर र स. ११ प.४६३७ नम्वरको मोटरसाइकल एक आपसमा ठोकिदा घाइते मोटरसाइकल चालक गोलबजार १२ बेतौनाका १७ वर्षिय दुर्गेश मुखिया र पछाडि बसेका कृष्ण मुखिया घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारको क्रममा विराटनगर लैजादै गर्दा दुर्गेशको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबाजरका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

कृष्णको भने विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्थापनि गम्भिर रहेको बताइएको छ ।दुर्गेशको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।