पुर्वसभामुख महरालाई आज अदालत पेस गरिदैँ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

पुर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले केही बेरमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको छ । उनको बयान नसकिएकाले आज पनि उनको थुनामा राख्न प्रहरीले सरकारी वकिलमार्फत म्याद थपको माग गर्ने भएको छ ।

उनको काठमाडौं जिल्ला अदालतको ३१ नम्बर इजलासमा बहस हुने जनाइएको छ ।संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोग लागेका महरालाई न्यायाधीश दीपककुमार दाहालको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद दिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले महरालाई आज आइतबार अदालतमा पेश गरिने भएको छ ।प्रहरीले पुर्वसभामुख महरालाई असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो ।