नौबिसे–नागढुंगामा एकतर्फी आवागमन

0
Shares

काठमाडौं, (नेस)।काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्गको रूपमा रहेको नौबिसे–नागढुंगा सडकखण्डमा केही दिन एकतर्फी मात्रै सवारी साधन संचालन हुने भएको छ। उक्त सडक खण्ड मर्मत सम्भार गर्नु पर्ने भएकोले एकतर्फी मात्रै सवारी साधन संचालन गर्न लागिएको हो।

ट्राफिक प्रहरी महाशाखाले शनिबार विहान १० बजेदेखि ४ बजेसम्म एकतर्फी यातायात सञ्चालन भएको छ। केही दिन यसै समय तालिकाअनुसार सञ्चालन हुनेछ।