नेपाल समाचारपत्रकर्मी भट्टराईलाई मातृशोक

0
Shares

काठमाडौँ, (नेस)।नेपाल समाचारपत्र दैनिकका भाषा सम्पादक पुष्पराज भट्टराईलाई मातृशोक परेको छ। उहाँकी आमा नैनकुमारी भट्टराई ‘राधा’को बिहीबार सुनसरीको इटहरी–१७ मा निधन भएको हो।वि.स. २०१० साल बैशाख २१ गते भोजपुर जिल्ला धोदलेखानी गा.बि.स.–६ मा जन्मनुभएकी उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो।

आर्तरी एन्युरिजम(नशा फुलेको) का कारण परलोक हुनुभएकी नैनकुमारीका तीन छोरा र एक छोरी हुनुहुन्छ। भट्टराई पर्न गएको यस शोकप्रति हार्दिक समवेदना प्रकट गर्दै नेपाल समाचारपत्र दैनिक मृतात्माप्रति श्रद्धाञ्जली प्रकट गर्दछ।