त्रिविका ४५ कार्यालय र १६४ इकाइ दशकौंदेखि बन्द

0
Shares

ईश्वरराज ढकाल, काठमाडौैं। त्रिभुवन विश्वविद्यालयका ४५ कार्यालय र ती कार्यालयका १ सय ६४ इकाइहरू अस्तित्वविहीन भएको पाइएको छ।दशकौंदेखि सञ्चालनमा आए पनि केही वर्षदेखि बन्द केही क्याम्पस र अन्य कार्यालयले वर्षौंदेखि बेरुजु फछ्र्योट नगरेको जनाउँदै त्रिविले बजेट फछ्र्योट नभएपछि हिसाब फरकफारक गर्न महालेखा परीक्षक (मलेप)को कार्यालयसँग गुहार मागेको छ।

यसबारे मलेपको कार्यालयलाई आह्वान गरिएको पुष्टि गर्दै त्रिविका रजिष्ट्रार दिल्ली उप्रेतीले भन्नुभयो– ‘तर अस्तित्वमै नभएका ती कार्यालयको हिसाब के गर्ने भन्ने विषयमा निर्णय गर्नसकेका छैनौं।’

यस्तै मलेपको कार्यालयको ५६औं प्रतिवेदनमा २ सय १३ निकायको लेखापरीक्षण नभएको उल्लेख छ।तीमध्ये १ सय १८ निकायको फरकफारक गर्ने प्रक्रिया अघि बढेको, ७ निकायको मलेप र ५४ वटाको आलेप सम्पन्न भएको र चालू आर्थिक वर्ष ०७५/०७६ मा २६ निकायको मलेप सकिने रजिष्ट्रार उप्रेतीले दाबी गर्नुभयो।

प्राप्त तथ्याङ्कअनुसार झन्डै दुई दर्जन क्याम्पस अस्तित्वमा रहेका छैनन्। अभिलेखमा रहेका ती क्याम्पस र कार्यालयमध्ये झन्डै ४ दशकदेखि बेरुजु देखिएको छ। अधिकांश बन्द भएका संस्थाले हिसाब बुझाएका छैनन्। तीन दशकदेखि अस्तित्वमा नरहेका त्रिवि निर्माण सामग्री उत्पादन केन्द्र, शिक्षण अस्पताल विकास योजना (चिकित्सा), लेप्रोसी टीएल प्रोजेक्ट र फेमेली हेल्थ प्रोजेक्टले करिब ५ देखि १५ वर्षसम्मको हिसाब नबुझाएपछि बेरुजु देखिएको छ।आर्थिक र प्रशासनको प्रमुखसमेत रहनुभएका रजिष्ट्रार उप्रेतीले ती कार्यालयको आलेप गर्न असम्भव भएपछि हिसाब फरकफारक गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो।

 

अस्तित्वविहीन निकाय

१. त्रिवि निर्माण सामग्री उत्पादन केन्द्र
२. शिक्षण अस्पताल विकास योजना (चिकित्सा)
३. लेप्रोसी टीएल प्रोजेक्ट र फेमेली हेल्थ प्रोजेक्ट
४.  अनमी क्याम्पस भरतपुर
५. कम्युनिटी नर्सिङ शिक्षा सहयोग कार्याक्रम
६. एमएससी नर्सिङ कार्यक्रम
७. नर्सिङ विकास कार्यक्रम
८. ४ वर्षे बीएससी नर्सिङ विकास कार्यक्रम
९ इनोभेटिभ साइन्टिफिक रिसर्च प्रोगाम (वन)
१०. पद्मकन्या बहुमुखी क्याम्पस सहयोग समिति
११. राष्ट्रिय विकास सेवा

१२. त्रिवि क्याफ्टेरिया

१३. ग्रामीण दृष्टि परियोजना

१४. कन्टी प्रोगाम (चिकित्सा)

१५. युनिसेफअन्तर्गत डब्ल्यूएचओ

१६. हेल्थ डेभलपमेन्ट प्रोजेक्ट

१७. कार्नियल आइ इन्पेक्सन प्रोजेक्ट (चिकित्सा)
१८. इक्युट रेस्पोटरी (चिकित्सा)

१९. स्वास्थ्य विकास परियोजना

२०. रेडवार्ना (चिकित्सा)

२१. यूएनडीपीको इम्जेज्ड इक्युज प्रोजेक्ट नर्वेको क्याटरेट मे कार्यक्रम
२२. हार्वट विश्वविद्यालयको सहयोगमा सञ्चालित क्यान्सर रेडिएसन थेरापी सेन्टर

२३. एजुकेसन टेक्नोलोजी

२४. शिक्षाशास्त्र संकायको डीन कार्यालय

२५. इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसअन्तर्गत पूर्णशुल्कीय र परामर्श सेवा

२६. इन्जिनियरिङकै प्राविधिक सहयोग कार्यक्रम
२७. कम्प्युटर शिक्षा
२८. फर्म फरेस्ट्री प्रोजेक्ट
२९. इनोभेटिभ साइन्टिफिक रिसर्च प्रोग्राम
३०. फापर अनुसन्धान परियोजना
३१. इन्डिजिनियस फुड क्रप्स
३२. स्कुस अनुसन्धान परियोजना
३३. रामपुर क्याम्पस मर्मत सुधार कोष
३४. टीयू, बीयू लिंकेज प्रोग्राम
३५. शान्ति वनवाटिका
३६. इन्जिनियरिङ डीनको कार्यालयअन्तर्गत अनवरत, आन्तरिक तथा नियमित, कन्सल्टेन्सी सेवा, म्याचिङ र परामर्श आदि।