डोटीमा बस दुर्घटना,११ जना घाइते

0
Shares

डोटी ।  जोरायल गाउँपालिकास्थित शनिबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेहरुलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भईरहेको छ । डडेल्धुराबाट महेन्द्रनगरतर्फ जादै गरेको ना ४ ख ८२३५ नम्बरको बस डोटीको जोरायल गाउँपालिकास्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको थियो ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, कारण खुल्न सकेको छैन । घाइतेहरुको टाउको, हातखुट्टा लगायतमा चोट लागेको जनाइएको छ । दुर्घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।