अमेरिकी बक्सर प्याट्रिक डेको निधन


एजेन्सी । अमेरिकी बक्सिङ खेलाडी प्याट्रिक डेको निधन भएको छ । चार्ल्स कनवेलसँग भएको प्रतिस्पर्धामा मस्तिष्कमा चोट लागेपछि घाइते भएका प्याट्रिक डेको निधन भएको हो ।

डे गएको शनिबार कोमामा गएका थिए । उनी चार्ल्स कनवेलसँग भएको वाल्टरवेट प्रतिस्पर्धाको १० औँ राउन्डमा नक आउट भएका थिए । २७ वर्षीय प्याट्रिकको बुधबार निधन भएको हो ।

विश्व बक्सिङ संघका अध्यक्ष माउरिसिओ सुलाइमनले बक्सिङले बहादुर, दयालु र अद्भूत साथी गुमाएको बताएका छन् ।