काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA)को नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।
सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भएको छ। आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ।
सम्मेलन मंगलबारबाट ३० असोजसम्म चल्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ। अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।











प्रतिक्रिया