विलियम पाकिस्तानमा


लन्डन, (एजेन्सी)।बेलायतका राजकुमार विलियम र उनकी पत्नी केट मिडल्टन पाकिस्तानको पाँच दिवसीय भ्रमणका क्रममा सोमबार इस्लामावाद पुगेका छन्। राजकुमार विलियमले यस भ्रमणमा आफ्नी आमा युवराज्ञी डायनाद्वारा चलाइएको सामाजिक कार्यप्रति सम्मान व्यक्त गर्ने सम्भावना रहेको बताइएको छ।

प्रिन्सेस अफ वेल्स डायना पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथका निकट मित्र थिइन्। उनी सन् १९९७ मा लाहौरमा खानद्वारा बनाइएको क्यान्सर उपचार केन्द्रका लागि कोष जुटाउन मद्दतका लागि आएकी थिइन्। राजकुमारको भ्रमणलाई ध्यानमा राखी पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।