आईएस लडाकु फरार


इदलिब, (एजेन्सी)।उत्तरी सिरियामा टर्कीको हमलापछि इस्लामिक स्टेटका कयौं संदिग्ध लडाकू अस्थायी क्याम्पबाट भाग्न सफल भएका छन्। टर्कीले कुर्दिस लडाकूहरूलाई समाप्त पार्न आक्रमण गरिरहेको बताएको छ।

आईएस संदिग्ध लडाकूको रिहाइले उनीहरू पुनः सक्रिय हुने आशंका गरिएको छ। टर्कीको बमबारीका कारण आईएस लडाकूका ८ सय नातेदार भाग्न सफल भएको कुर्द प्रशासनले जनाएको छ। यसले आईएसविरुद्ध जारी संघर्ष कमजोर हुन सक्ने आशंका गरिएको छ। गत मार्चमा उक्त इलाकालाई इस्लामिक संगठनबाट मुक्त गरिएको थियो। आईएसका करिब १२ हजार लडाकू कुर्दिस जेलमा बन्द गरिएका छन्।