इन्धन सहमति


क्विटो, (एजेन्सी)।इक्वेडरको सरकारले सोमबार राजधानी क्विटो नै ठप्प हुने गरी केही समयदेखि भइरहेको आम प्रदर्शनको अन्त्यका लागि आदिवासी नेताहरूसँग सम्झौता गर्दै सहुलियत दरका इन्धन उपलब्ध गराउने सहमति जनाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

यी दुई पक्षको सफल वार्ताका लागि संयुक्त राष्ट्रसंघ र रोन क्याथोलिक चर्चले मध्यस्थता गरेका हुन्। झन्डै दुई साता लामो हिंसात्मक प्रदर्शनपछि भएको यो वार्तालाई सरकारी टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो। प्रदर्शनका कारण सेनाको दबाबमा राष्ट्रपति लेनिन मोरेनाले कफ्र्यु लगाएको थियो।