निजामती कर्मचारीदेखि खेलाडीसम्म सीको स्वागतका लागि खट्ने


न्युज अफ नेपाल, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विमानस्थलदेखि उनी बस्ने होटल सोल्टीसम्म भब्य स्वागत गरिने भएको छ । सी को स्वागतका लागि सरकारले निजामित कर्मचारी, खेलाडी लगायत सर्वसाधारणलाई समेत सडक किनारामा राख्ने भएको छ ।

सार्वजनिक विदा भए पनि निजामती कर्मचारीहरुलाई आफ्नो पोशाकसहित चिनियाँ राष्ट्रपतिको स्वागतमा उपस्थित हुन सूचित गरिएको छ ।

कर्मचारीहरु राष्ट्रपति सीको स्वागतका लागि नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडक किनारमा उभिनेछन् । त्यस्तै थापाथलीदेखि टेकुसम्मको सडकमा खेलाडी, प्रशिक्षक र परिषद्का कर्मचारी लामबद्ध हुनेछन् ।

सीको स्वागतका लागि निजामती कर्मचारी, खेलाडी, प्रशिक्षक, खेलकूद पदाधिकारी, नेपाल स्काउटको टोली, विद्यार्थी लगायतलाई सडकमा खटाइने भएको हो । सडकमा खटिनेहरुका लागि निश्चित पोशाकको व्यवस्था गरिएको छ ।