चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडाैँमा (भ्रमण तालिकासहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अपरान्ह ४:४५ बजे काठमाडौँ आइपुग्नुभएकाे छ । राष्ट्रपति जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तथा विमानस्थलमै गार्ड अफ अनर प्रदान गर्नुभयाे । राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग साँझ साढे छ बजे शीतल निवासमा भेट गर्ने कार्यक्रम छ ।

दुई देशबिचको सम्बन्ध र सहकार्य बिस्तार तथा थप मजबुद बनाउनका लागि महत्वपूर्ण अवसर रहेकाले राष्ट्रपति जिनपिङको भ्रमणलाई चाडकै रुपमा मनाउने तयारी भइरहेको छ ।

सी को भ्रमणका क्रममा कनेक्टिभिटी, अरनीको राजमार्गको स्तरोन्ती, केरुङ–छहरे सुरुङ मार्ग, रेल मार्ग, विद्युतको अन्तरदेशीय ट्रान्समिसन लाइन बिस्तार लगाएतका विषयमा छलफल तथा सहमति हुने जनाइएको छ ।

यस्तै चीनसँग जोडिएका उत्तरी सीमा नाका किमाथाङ्का, कोरल्ला र हिल्साको स्तरोन्तीका बारेमा पनि छलफल हुनेछ।

२३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो । सी को भ्रमणलाई सरकारले अत्याधिक महत्व दिँदै उच्चस्तरको तयारी गरेको छ । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको १९ घण्टे भ्रमण तालिका

शनिबार

दिउँसो ४ः३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता  ।