काभ्रेपलाञ्चोकमा दुर्घटना हुँदा दुईको मृत्यु, पन्ध्र घाइते   


न्युज अफ नेपाल, काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् ।

महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रकाश र वकिलको घटनास्थलमै मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।