माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु


सीताराम अधिकारी, धादिङ ।

धादिङको गल्छी गाउँपालिका वडा नं ७ खेस्टेखेलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

लमजुङको बेसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं १२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको छ । माइक्रोको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्याफयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

दुर्घटनामा सोही गाउँका २३ वर्षीय हरिप्रसाद भट्ट घाईते भएका छन् । घाईतेको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ओभरट्याक गर्ने क्रममा माइक्रोले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।