‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने अपराधिक क्रियाकलाप क्षम्य नहुने


न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने अपराधिक क्रियाकलाप क्षम्य नहुने स्पष्ट पारेका छन् ।

६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार (आज) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले कसैको नाम नलिएर यस्तो बताएका हुन् ।