स्वतन्त्र तिब्बत लेखिएको टीर्सट लगाएका र झोला बोकेका पक्राउ


न्युज अफ नेपाल, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि काठमाडौंमा फ्रि टिबेट (स्वतन्त्र तिब्बत) लेखिएको टीर्सट लगाएका र झोला बोकेका शरणार्थी पक्राउ पर्न थालेका छन् ।

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने आँकलन गर्दै नेपाल प्रहरीले ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेको टिसर्ट, झोला र ब्यानर प्रयोग गर्नेहरुलाई पक्राउ गर्दै अनुसन्धान थालेको हो ।

यसैबीच, नेपाल प्रहरीको बौद्ध वृत्तले ६ जना तिब्बती शरणार्थीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ६ जनाबाट १५५ थान स्वतन्त्र तीब्बत लेखेको टीसर्ट, ज्याकेट र झोला समेत प्रहरीले बरामद गरेको बौद्ध प्रहरी वृत्तका डीएसपी रमेशकुमार सिंहले नागरिक खबरलाई जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान मात्रै तीन जना तिब्बतीलाई पक्राउ गरेका छन्।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण सकिएर चीन नर्फकिएसम्म बौद्ध क्षेत्रमा तिब्बती शरणार्थीहरुमाथि कडा निगरानी राखिएको छ । पक्राउ परेको शरणार्थीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।