६४ औं प्रहरी स्थापना दिवसको अवसरमा १८ जना प्रहरी पुरस्कृत


किरन धामी, दार्चुला ।

नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले उत्कृष्ट कार्यसम्पादन गर्ने र विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुने प्रहरी तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरुस्कृत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक सुरज बहादुर खड्का ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीमा कार्यरत प्रहरी नायव निरिक्षक मदन सिंह धामी, सिमा प्रहरी चौकी तिंकरमा कार्यरत प्रहरी नायव निरिक्षक लोकेन्द्र सिंह पुजारा, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी सहायक निरिक्षक दिपबहादुर थापा, प्रहरी चौकी सितापुलमा कार्यरत प्रहरी सहायक निरिक्षक रुप सिंह साँउद, प्रहरी चौकी शंकरपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक भिमराज भट्ट, प्रहरी चौकी दत्तुमा कार्यरत प्रहरी सहायक निरिक्षक तिर्थबहादुर भाटलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिवसको अवसरमा पुरुस्कृत तथा सम्मान गरेको हो ।

यस्तै प्रहरी चौकी दत्तुमा कार्यरत प्रहरी ह्वलदार दिनेश नाथ, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी ह्वलदार कुलविर चौधरी, सिमा प्रहरी चौकी तिंकरमा कार्यरत प्रहरी जवान राज सिंह विष्ट, प्रहरी चौकी खण्डेश्वरीमा कार्यरत प्रहरी जवान दान बहादुर ऐडी, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान नन्दराज भट्ट, दिपक दत्त तिवारी, हरी बुढा, सुरज महतो, मुकेश बहादुर भण्डारी दुरा कार्की र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी जवान चक्र न्यौपानेलाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दिवसकै अवसरमा अमर प्रहरी हवल्दार भोजराज भट्टकी श्रीमती नन्दा भट्ट, प्रहरी सहायक निरीक्षक राम सिह बडालकी श्रीमती तारा बडाललाई दोसल्ला ओडाई सम्मान गरिएको छ । यसैगरी सामुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्ने ७ जनालाई प्रसंसा पत्रसहित सम्मान गरिएको छ ।