सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी उपचारका लागि धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको भोटसिपामा आज बस दुर्घटनामा परी उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका ५ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार उपचारका क्रममा घाइतेहरु जुनादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुटीको मृत्यु भएको हो ।

योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । बा २ ख २७१५ नम्बरको गाडी विहान दुर्घटना भएको थियो । सो क्रममा अन्य ४८ जना यात्रु घाइते भएका छन् । केहीको हेलिकप्टरबाट उद्दार गरी ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।