बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । शुक्रबार बिहान ८ बजे इन्द्रावती गाउँपालिकाको बडहरेबाट काठमाडौंका लागि गुडेको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटना भएकको थियो ।

दुर्घटनामा गम्भीर घाइते १३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर र बाँकीलमई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

बस खसेको खबर पाउनासाथ सिडिओ, गृह मन्त्रालयको सुरक्षा महाशाखा र नेपाली सेनालाई अनुरोध गरेर आधा घण्टाभित्रै हेलिकोप्टर व्यवस्था गरेको थियो।

घाइतेमध्ये अधिकांशको टाउको र कम्मरमा चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार बस ब्रेक फेल भएपछि सडकबाट करीब दुईसय मिटर तल खसेको थियो ।

मोड काटेपछि सजिलो बाटोबाटै बस पल्टिएको स्थानीय लले जानकारी दिएका हुन् ।

घटनास्थलमा सात जना र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको थियो । घाइतेमध्ये १३ जनाको नेपाली सेनाको एमआई १७ र अर्को निजी कम्पनीको हेलिकप्टरले ६ जना घाइतेको उद्धार गरेको थियो ।

दुर्घटनामा ५० बढी घाइते छन् । बाँकीको मिनि ट्रकबाट पनि उद्धार गरिएको थियो ।

ओभरलोड र कच्ची बाटो नै दुर्घटनाको कारण मान्न सकिन्छ । । दसैँ मनाएर काठमाडौं फर्किएका यात्रु दुर्घटनामा परेका हुन् ।