गोरु काटेर खाने चार जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

गोरु काटेर खाएको अभियोगमा भक्तपुरमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङका बसन्त लिम्बु, पाँचथर फिदिमका जगतकुमार थापामगर, मिक्लाजुङका नरेश लिम्बु र पाँचथरकै सागर लिम्बु छन् ।

भक्तपुर प्रहरीले उनीहरुलाई प्रमाणसहित हिजो राति प्रकाउ गरेको हो । पक्राउ परेकाहरुका बारेमा प्रहरी अनुसन्धान भैरहेको छ ।

उनीहरुलाई प्रहरीले हिजो राति मध्यपुर ठिमी गरपालिका–१ मनोहरा फाँटबाट पक्राउ गरेको हो ।