सिन्धुपाल्चोकमा बस दुर्घटना ६ मृत्यु, ३५ जना घाइते


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा हेलम्बु यातायातको यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।दुर्घट्नामा उनिहरुको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार बिहान करिब १० बजे इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस जिल्लाको इन्द्रावती गाउँपालिका ९ भोटसिपा तिखु मोडमा दुर्घट्नामा परेको प्रहरीले बताएको छ।

दुर्घट्नामा परेका ३५ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ। घाइतेहरुको अवस्था गम्भीर भएकाले हेलिकोप्टरबाट उद्धार गर्ने पहल भइरहेको छ ।

बसमा ७० बढी यात्रु सवार रहेको स्थानीयले जानकारी दिए । अहिले उद्धारको काम भइरहेको छ ।