लागुऔषध र गोलीसहित चार पक्राउ

0
Shares

सुभेन्द्र दास, लहान ।

जिल्ला दुई फरक फरक स्थानमा चेकजाँचको क्रममा लागुऔषध र गोलीसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। सीमावर्ती बरियारपट्टि गाउँपालिका–३ बाट लक्ष्मीपुर पतारी गाउँपालिका–१ का रामविनय साह एसएलआरको एउटा गोलीसहित पक्राउ परेका छन्।

यसैगरी सोही गाउँपालिका–१ कचनारीबाट प्रहरी टोलीले चेकजाँच गर्दा सप्तरी जिल्ला सुरुंगा नगरपालिका–३ का १८ वर्षीय विवेककुमार चौधरीको साथबाट ९० पिस, १८ वर्षीय उपेन्द्र चौधरीको साथबाट ९० पीस र १८ वर्षीय रंजित मण्डलको साथबाट १२० पिस गरी ३ सय पिस नाइट्रोभेट नामक लागुऔषध बरामद गरेको छ।