मापसे गरी श्रीमानले गरे श्रीमती र छोरीको हत्या

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका– ६ नाकाजुली बस्ने बर्ष ५० का टेक बहादुर मस्राङगीले मादक पदार्थ सेवन गरि आफ्नै श्रीमती ४५ बर्षिया किरण मस्राङगी र १७ बर्षिया छोरी प्रेमसु मस्राङगीको भरुवा बन्दुक प्रहार गरी हत्या गरेका हुन् ।

टेक बहादुरले मादक पदार्थ सेवन गरी सामान्य घरायसी कुरामा श्रीमतीसँग झगडा गरेर सुतेको थिए । तर सुतेको केही समयपछि पुन रिसको आवेगमा आएर राती ११ बजेको समयमा घरमा रहेको भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

टेक बहादुर भरुवा बन्दुक लिई श्रीमती, छोरी र छोरा सुति रहेको कोठामा गई भरुवा बन्दुक प्रहार गर्दा बन्दुकको छर्राले श्रीमतीको घाटीमा लागेको र छोरीको कनचटमा लागी घटनास्थलमा नै दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले बताए ।

प्रहरी उपरिक्षक सिँहका अनुसार टेक बहादुरले धारिलो हतियार प्रहार गरी उनका छोरा १९ बर्षिया कृष्ण मस्राङगीलाई पनि घाईते बनाएका छन् ।
उनको गर्दनमा र बाया हातमा चोट लागी उपचारको लागी जिल्ला अस्पताल सिन्धुली पठाईएको प्रहरीको भनाई छ । टेब बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ ।