८ सय सवारी चालक ट्राफिक कारबाहीमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकामा बिहीबार ८ सय सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्‍न ट्राफिक नियम उलंघन गर्ने ८ सय ८३ सवारी चालकलाई ट्राफिक कारबाही गरिएको हो।

बिहीबार सबैभन्दा बढी भाडाका कार कारबाहीमा परेका हुन्। यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्‍ने १ सय ६ ट्याक्सीलाई ट्राफिक कारबाही गरिएको प्रहरीले जनाएको छ।

यस्तै मादक पदार्थ (मापसे) गर्ने १ सय १ सवारी चालक पनि ट्राफिक कारबाहीमा परेका छन्।

यसैगरी लेन मिच्‍ने ६, जेब्राक्रसमाथि सवारी रोक्ने १६, टिपर ६, फुटपाथमा पार्किङ गर्ने ७४ र ह्वील लक १२ सवारी कारबाहीमा परेका छन्। ट्राफिक नियम पालना नगर्ने अन्य ५ सय ६२ सवारीसाधनसमेत कारबाहीमा परेको महाशाखाले जनाएको छ।

यस्तै उपत्यकामा बिहीबार २४ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।