देशभर आजको मौसम यस्तो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो देशको पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भू भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भेगका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि केही स्थानमा समान्य बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।