साफ यू–१५ महिला च्याम्पियनसिपमा शुक्रबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा शुक्रबार नेपाल र बंगलादेश स्थानीय समय अनुसार दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछन् । थिम्पुमा हुने खेल प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाललाई भारतले ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो । आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ ।