करेन्ट लागेर एकको मृत्यु


न्युज अफ नेपाल, नवलपरासी

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ का ४० वर्षीय बुधई खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।