प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनुहुने भएको छ ।

प्रधानमन्त्रीकाका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार यस वर्षको बडादसैंका अवसरमा आज दिउँसो २ बजेदेखि ४ सम्म मन्त्रीगण, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनुहुने छ ।