राष्ट्रपति भण्डारीले विशिष्ट तथा इच्छुक व्यक्तिलाई टीका लगाईदिने


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम पनि तय गरिएको छ ।

राष्ट्रपतिले आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन चाहने इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म अन्य व्यक्तिलाई टीका लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आज राष्ट्रपति भवन शीतलनिवासको गेट नं १ को टिका लगाउनेका लागि ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।