महरालाई हिरासत कक्षमा अक्सिजन दिइयो


न्युज अफ नेपाल, काठमाडौं ।

आइतबार सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महरालाई हिरासत कक्षमा अक्सिजन दिइएको छ ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप असोज १२ गतेमहरामाथि लागेको थियो । पीडित शाहीले जबरजस्ती करणी उद्योगमा महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीका आधारमा आइतबार प्रहरीले महरालाई पक्राउ गरेको थियो । महराको उच्च रक्तचापसँगै श्‍वासप्रश्‍वासको समस्या देखिएपछि हिरासत कक्षमै अक्सिजन दिइएको छ ।

उनलाई चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँज गरेर आवश्यक परेको समयमा अक्सिजन लिने र सामान्य अवस्थामा अक्सिजन मास्क खोल्ने गरेका छन् ।